निर्मला पन्तको हत्या प्रकरण : डिआइजी दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

निर्मला पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न नयाँ समिति गठन गरिएको छ । 

शुक्रबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)की प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गठन भएको समितिले निर्मला प्रकरणबारे नयाँ ढंगले अनुसन्धान गर्नेछ ।

०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको शव फेला परेको थियो । बलात्कारपछि हत्या भएको यतिका वर्ष बितिसक्दा पनि हत्यारा फेला पार्न प्रहरीले सकेको छैन ।

यद्यपि, पुरानो भइसकेको केसलाई ब्युँताउँदै गृहमन्त्री लामिछानेले जसरी भए पनि उक्त घटनाको दोषी पत्ता लगाउने दाबी गरेका छन् । 

गृहमन्त्रीको पद सम्हालेकै दिन उनले आफ्नो पहिलो निर्णयमा निर्मला पन्तलाई न्याय दिने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए । 





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार २१:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया