निर्मला पन्त प्रकरण : अनुसन्धान टोली कञ्चनपुरमा

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको छ। कञ्चपुरकी १३ वर्षीया बालिका पन्तको हत्या प्रकरणको अनुसन्धान गर्न गठित अनुसन्धान टोलीका संयोजक डिआईजी दुर्गा सिंह कञ्चपुर पुगिसकेकी छिन्। 

यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ। टोलीका अन्य सदस्य भने कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ। 

गृहमन्त्री रवि लामिछानेले पदभार सम्हालेलगत्तै आफ्नो पहिलो निर्णयमा नै पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने बताएका थिए। उनकाे निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो।

समितिमा सिंहसँगै सिआइबीकै एसपी कमल थापा, इन्सपेक्टर हिरेन्द्र रोकाय र दुईजना मनोचिकित्सक छन्। उक्त टोलीले कञ्चनपुर पुगेर निर्मला घटनाको मिहिन अनुसन्धान गर्ने बताइएको छ। 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १६:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया