सातबुँदे असहमतिसहित टिकटकले नेपाललाई पठायो पत्र (पत्रसहित)

नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएपछि टिकटक कार्यालयले पत्र पठाएर सातबुँदे असहमति राखेको छ । टिकटकले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर यस्तो असहमति राखेको हो । 

सरकारको निर्णयप्रति असहमति जनाउँदै टिकटकले सरकारी निकायहरूसँग भएका समझदारी र नेपालमा भएका छलफललाई स्मरण गराएको छ । सरकारको निर्णयले चकित भएको पत्रमा उल्लेख छ ।

टिकटकमाथि प्रतिबन्ध लगाइँदा नेपाली युवाहरूलाई आर्थिक रूपमा हानि हुने, प्रयोगकर्ताको सुरक्षा आफूहरूको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको, नेपालमा डिजिटल सेवा करदाताका रूपमा दर्ता भएको टिकटकले उल्लेख गरेको छ ।

टिकटकले नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको पनि पत्रमा उल्लेख गरेको छ । 

गत सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालभर टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणको निर्देशनमा नेपालभर टिकटक नचल्ने बनाइएपछि सरकारको यस कदमको सर्वत्र निन्दा भएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार २१:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया