३० दूरसञ्चार प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन- सात दिनभित्र सम्पर्कमा आउनू

नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई एक साता दिनभित्र सम्पर्कमा आउन भनेको छ । वित्तीय विवरण तथा रोयल्टी नबुझाएको भन्द्र प्राधिकरणले २२ वटा दूरसञ्चार कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । 

‘नियमानुसार बुझाउनु पर्न अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकोले   हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । 

उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने पनि प्राधिकरणले चेतावनी दिएको छ ।

हेर्नुस् सूचना :


 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ७:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया