प्रधानमन्त्रीको अनुरोध : बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि नहटौँ
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले १६औँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा गहन छलफल गरी भावी योजना तय गर्ने बताएका छन् । बुधबार ललितपुरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अध्ययन तथा अनुसन्धानको क्षेत्रमा देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न आवश्यक रहेको बताए ।

उनले विज्ञान तथा प्रविधि क्षमता विकासमा तीब्रता आउँदै गएको महसुस भइरहेको बताए । उनले बाध्यताको नाममा विज्ञान र प्रविधिबाट पछि हट्नु नहुने बताए । प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई आवश्यक जनशक्ति, साधन श्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने प्रतिवद्धता जनाए ।

‘हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आउँदै गएको मैले महसुस गरेको छु । भलै नेपाल सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको श्रोत प्रदान गर्न सकेको भने छैन । त्यो कुराको हेक्का छ । सरकारका बाध्यता हुन्छन् । तर ती बाध्यताको नाममा विज्ञान र प्रविधिको योगदानबाट पछि हट्नु हुँदैन,’ उनले भने, ‘विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू मैले राम्रोसँग महसुस गरेको छु । मैले भर्खरै नाष्टको प्रविधि भवन र बायामेडिकल रिसर्च ल्याब्रोटरीको भवन उद्‍घाटन गरेँ । मलाई विश्वास छ, यी अनुसन्धान र प्रविधि केन्द्रबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान र परीक्षण हुने वातावरण सिर्जना हुँदै जानेछ ।’ 

प्रधानमन्त्री दाहालले अहिलेको अवस्था भनेको सहकार्य र समभावको भएको भन्दै एक्लै गन्तव्यमा पुग्न कठिन हुने बताए । 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १२:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया