चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिंगी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।     

राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । 

सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे–२ लाई पछाडि पारेको छ । 

सेन्टरका अनुसार तियान्हे जिंगीको सञ्चालनले उच्च प्रदर्शन कम्प्युटिङ, कृत्रिम बौद्धिकता (एआई), ठूलो मोडेल प्रशिक्षण र ठूलो डेटा विश्लेषणको क्षेत्रमा बढ्दो कम्प्युटिङ मागहरूलाई पूरा गर्ने अपेक्षा गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार २२:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया