राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरस्कार

अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा. राजु अधिकारीलाई ‘पहिलो गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार’ प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरस्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक हुन् ।

नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार प्रदान गरे ।  एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले डा. अधिकारीका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए ।

डा. अधिकारीले स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी, खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नवीन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नवीन प्रविधि विकास गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार १५:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया