तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने

जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरेको छ । 

गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण पालिकाभित्र बसोबास गर्ने एउटा जेहनदार विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराइने छ । 

चिकित्सा शिक्षा अध्ययन गर्न लाग्ने कूल खर्चको ५० प्रतिशत गाउँपालिकाले बेहोर्ने उनले बताए । छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न कार्यविधिमा कोषको व्यवस्था गरिएको छ । 

चालू आवमा पालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । सो छात्रवृत्ति चालू आवमै उपलब्ध गराइने छ ।

गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नौ सदस्यीय चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति रहने कार्यविधिमा उल्लेख  छ । रासस 





  • प्रकाशित मिति : फागुन ४, २०८० शुक्रबार २१:१८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया