बेलायती मन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्र मण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यू मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् ।

बेलायतीमन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव राजु खनाल, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो ।

त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराएका थिए । अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पिआइसीयू तथा बालबालिकाको पोषण पुनःस्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा. थापाले जानकारी गराए । 

यस्तै, नगर प्रमुख पाण्डेयले बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको जानकारी गराए । त्यस अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्बिर मायाको चिनोस्वरूप प्रदान गरे । रासस  





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ८:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया