वैभव गुप्ताले जिते ‘इण्डियन आइडल १४’ को उपाधि

भारतको कानपुरका वैभव गुप्ताले गायन रियालिटी सो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैयाँको चेक र एक ब्रेजा कार उपहार स्वरूप पाए । 

सोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिस्पर्धी थिए । सोमा शुभदीप र पीयूष क्रमशः फस्ट र सेकेण्ड रनरअप भए । उनीहरूले एक ट्रफी र ५ लाख रुपैंयाँको चेक पाए ।

थर्ड रनरअप भएकी अनन्याले ट्रफी र ३ लाखमा चित्त बुझाइन् । ​सोको पहिलो दुई र नवौँ संस्करणको निर्णायक सोनु निगम ग्राण्ड फिनालेको विशेष निर्णायक थिए । रियालिटी सो ‘सुपरस्टार सिंगर’ को आगामी सिजनमा सुपर जजको रूपमा देखिन लागेकी नेहा कक्कड पनि फिनालेमा सहभागी थिइन् ।

वैभवले सन् १९९१ मा रिलिज एक्सन ड्रामा ‘हम’मा रहेको गीत ‘जुम्मा चुम्मा’ प्यारेलाल सिम्फोनी च्यालेन्जका लागि गाएका थिए ।   
 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ८:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया