प्रचण्डले मन्त्रीबाट हटाएपछि सुदन किराँतीको गीतमार्फत भने– पलपल बगिरहेछु

नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीबाट हटाएपछि उनले गीत सार्वजनिक गरेका हुन् । 

शनिबार काठमाडौंमा एक कार्यक्रमबीच पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो । गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने लेखक सुदन किराँती र गायक, कनकाइस्ट राई छन् । कार्यक्रममा बोल्दै सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । 

जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको उनले बताए । यही महिनामा बुद्ध र लुम्बिनीसम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने उनले बताए । ‘मेरो जन्मदिन फागुन १८ गते, त्यही दिन नै सार्वजनिक गर्ने इच्छा थियो तर पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइनँ,’ उनले भने, ‘आज हामीले जन्म आफैँमा मान्छेको ठूलो सिर्जना हो र यसलाई नै फरक तरिकाले मनाउँ भनेर हो ।’

सांसद किराँतीले कार्यक्रममा संस्कृतिविद् भैरवबहादुर थापालाई सम्मान गरेको पनि जानकारी गराए । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार २०:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया