‘निम्सदाई आउटडोर परिधान’ बजारमा

सुविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) ले आफ्नो पहिलो परिधान संग्रह सार्वजनिक गरेका छन्  । यसमा केटु विन्टर वाटरप्रुफ ज्याकेट एवं टाउजर्स, निम्सदाई बेसलेयर्स, एक्सपेड फ्लीस र प्रोजेक्ट पोसिबल डाउन ज्याकेट आदि छन् ।  

लगभग वर्षभरि नै आरोहणमा रहने निम्सदाईको अनुभवका आधारमा यो आउटडोर परिधान संग्रहको विकास गरिएको हो । निम्सदाई भन्छन्,‘आरोहणका दौरान परीक्षण भएकाले नयाँ परिधानले सुरक्षित एवं स्टाइलिस राख्नेछ ।’

नयाँ परिधान संग्रह निम्सदाई स्टोरमा उपलब्ध छन् । यसको बिक्रीबाट प्राप्त हुने रकम पाँच प्रतिशत निम्सदाई फाउन्डेसनमा जानेछ । निर्मल पुर्जा निम्सदाई फान्डेशनका संस्थापक हुन्, जो एउटा परोपकारी संस्था हो ।

फाउन्डेशनले कोभिड महामारीको समयमा नेपालमा, सन् २०२३ मा पाकिस्तानमा आएको बाढी र हालै नेपालमा आएको भूकम्पका बेला आपतकालीन सहायता उपलब्ध गराएको थियो । यस वर्ष फाउन्डेशनले सगरमाथाको ‘डेथ जोन’ बाट दशकौं पुरानो फोहोर सफा गर्दैछ । 

साथै फाउन्डेशनले एभरेष्ट सगरमाथा आधार शिविरमा ओहोरदोहोर गर्ने  भरियाहरूका लागि आवास उपलब्ध गराउन लोबुचेमा नयाँ पोर्टर्स लज पनि निर्माण गरिरहेको छ । सम्पूर्ण निम्सदाई ब्रान्डहरू (निम्सदाई स्टोर, एलिट एक्स्पेडिशन, स्काइडाइभ निम्सदाई, भविष्यका पुस्तकहरू र चलचित्रहरू, ब्रान्ड समर्थन आदिबाट प्राप्त रकमको पाँच प्रतिशत फाउन्डेशनका परियोजनाका लागि जाने गरेको छ ।  





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १५:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया