नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ किनबेच ?

नेपाली बजारमा सुनचाँदीको मूल्य आज सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ११:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया