सेयर बजार घट्यो, १ सय ३३ कम्पनीको सेयरमूल्यमा गिरावट

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक संसद्मा विश्वासको मत लिइरहँदा बुधबार सेयर बजार कारोबारमा गिरावट आएको छ । १३ मध्ये आठ उपसमूहका कम्पनीको सेयरमूल्य सूचक घटेका छन् ।  

बैंकिङ, होटल र पर्यटन, जलविद्युत, लगानी, उत्पादन र प्रशोधन, निर्जीवन बिमा, व्यापार उपसमूह घट्दा समग्र कारोबार घटेको हो । नेप्से २.४८ अंकले गिरावट आएर परिसूचक २१०८.७२ अंकमा रह्यो । 

बुधबार १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा कारोबार भएको छ । यो अघिल्लो दिनमा तुलनामा करिब ३१ करोडले कम हो । मंगलबार १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ भएको थियो । 

१३३ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा लगानीकर्ताले गुमाएका छन् । सेयरमूल्य घटेका कम्पनीमा माथिल्लो तामाकोसी, दोर्दीखोला जलविद्युत, सिद्धार्थ इक्विटी फण्ड, बलेफी हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड–२ लगायत शीर्ष ५ मा छन् । 

९६ कम्पनीको सेयरमूल्य भने बढेको छ । बढ्नेमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य उपसमूह छन् । 
सर्वाधिक कारोबार हुनेमा आज पनि शिवम् सिमेन्ट अगाडि रह्यो । उक्त कम्पनीको सेयर २५ करोड ५३ लाख रुपैयाँको किनबेच भएको छ । 

यस्तै, सोनापुर मिनरल्सको २० करोड ६९ लाख, हिमालयन रिइन्स्योरेन्स २० करोड ६३ लाख र माथिल्लो तामाकोसीको १५ करोड ५४ लाखको सेयर किनबेच भएको छ ।  १४ कम्पनीको सेयरमूल्यमा कुनै घटबढ भएन । 





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १५:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया