घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ ४ सयले घटेर शुक्रबार प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । 

हिजो तेजाबी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । 

चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ११:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया