नेपालमा उत्पादित अदुवा र बेसार कोरिया निर्यात

गैर आवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्री नेपालमा र नेपालमा उत्पादन भएका सामाग्री कोरियामा बिक्री वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेस कोलाबरेशन सुरु गरेका छन् ।

कोरिया–नेपाल बिजनेस कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तुको कोरिया निर्यात गरिने छ । 

कोरियाको सरकारी कृषि बैंक अन्तर्गत सञ्चालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ । किम्जे कृषि सहकारी संस्थाका अध्यक्ष लि जङ योङ र विजे इन्टरनेशनल प्रालिका तर्फबाट विनोद कुँवरले ललितपुरमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

कोरियामा रहेका कृषकहरूले उत्पादन गरेको चामल, बेसारबाट बनेको मादक पदार्थ तथा अन्य उत्पादनहरू नेपालमा बिक्री वितरणका साथै नेपालमा समेत कोरियन प्रविधिबाट उत्पादन गर्नका लागि सहयोग गर्ने गरी सम्झौता गरिएको कुँवरले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार ९:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया