मधेसका मुख्यमन्त्री यादवले बर्खास्त गरे कांग्रेसका तीन मन्त्री, एमालेका यादव मन्त्री नियुक्त

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दै उनले एमालेका एक नेतालाई सरकारमा सहभागी गराएका छन् ।

केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले प्रदेशमा पनि मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्रीमा नियुक्त गरेकाे मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि जनमत पार्टीका दुई सांसदले सरकार छाडेका थिए । मधेस सरकारमा नेपाली कांग्रेसबाट तीन मन्त्री पनि खाली भएपछि मुख्यमन्त्रीको जिम्मामा पाँच मन्त्रालय छन् । 

एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो । स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ ।





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १५:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया