म्याच फिक्सिङको आरोप लागेका पाँच खेलाडीलाई सफाइ

जिल्ला अदालत काठमाडौंले म्याच फिक्सिङ (खेल मिलोमतो)को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँचजनालाई सफाइ दिने आदेश गरेको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँचजनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो । 

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।

गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ  गरेको आरोपमा पक्राउ परेका खेलाडी गत वर्ष नै तीन लाख धरौटीमा छुटेका थिए ।





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार २२:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया