होली खेलेपछि मदिरा सेवन, नसाको तालमा १७ जना एकैचोटि कर्णालीमा हामफाले (भिडियोसहित)
एकजना बेपत्ता खोजीकार्य जारी

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकैसाथ १७ जना कर्णाली नदीमा हामफालेका छन् । होली मनाउने क्रममा मदिरा सेवन गरेका उनीहरू नसाको तालमा नदीमा हामफालेका थिए । 

कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार आज अपराह्न ४ बजेतिर एक समूहले कर्णाली नदीमा हाम फालेको थियो । उनीहरू ड्युटीमा रहेका प्रहरी जवानको आग्रहलाई अटेर गरेर पुलमा गएका थिए ।

बेपत्ता भएका शाहीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सशस्त्र प्रहरी र स्थानीयको सहयोग उनको खोजी भइरहेको छ ।

स्थानीय पत्रकार इन्दु केसीले सामाजिक सञ्जालमा राखेको भिडियोमा भीडभाड रहेको पुलबाट उनीहरू नदीमा हामफालेको देख्न सकिन्छ । 

आफूले प्रहरीलाई खबर गर्छु भन्ने सोच्दा–सोच्दै आँखैअगाडि ती युवाहरू हामफालेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् । 



उनले लेखेकी छिन्, ‘प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परेँ । हाम फाल्दैछन् भन्ने थाहा पाउनेबितिकै प्रहरीलाई खबर गर्छु भन्ने सोच्दा–सोच्दै हाम फाले  । समयमा खबर गरेको भए सायद घटना हुने थिएन कि !’



  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार २२:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया