फिफा विश्वकप छनोटमा आज बहराइनसँग दोस्रो लेग खेल्दै नेपाल

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको चौथो खेलको दोस्रो लेगमा नेपालले आज बहराइनसँग खेल्दैछ । नेपाल र बहराइनबीचको खेल राति १२ः४५ देखि बहराइन राष्ट्रिय रंगशालामा सुरु हुनेछ । 

विश्वकप र एसिया कप छनोटको सम्भावना जीवित राख्न नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । यदि बहराइनसँग खेल गुमाएमा दुई खेल अगावै नेपालको विश्वकप र एसिया कप छनोट यात्रा समाप्त हुनेछ । नेपाल बहराइनसँगको पहिला लेगमा ५–० ले पराजित भएको थियो । 

यस्तै, नेपालले दोस्रो चरणअन्तर्गत पहिलो खेलमा यूएईसँग ४–० र यमनसँग २–० को हार बेहोरेको थियो । नेपालले पहिलो चरणमा लाओसलाई संयुक्तरूपमा २–१ ले हराउँदै दोस्रो चरणको यात्रा गरेको थियो ।    

अंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ । नेपाल रहेको समूह ‘ए’ को तालिकाको शीर्ष स्थानमा यूएई रहेको छ । उसले ३ खेलबाट ९ अंक जोडिसकेको छ । यस्तै, बहराइन दोस्रो र यमन तेस्रो स्थानमा छ ।   





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १०:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया