लगानी सम्मेलनका लागि उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणाका पाँच सुझाव

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताएकी छन् ।

उनले सरकारले आगामी १६ र १७ वैशाखमा लागेको लगानी सम्मेलनमा विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो र गतिशील बनाउन आवश्यक रहेको बताएकी हुन् ।  

‘विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत ल्याउने भनेका छौँ । यो प्रणालीमा ल्याउनको लागि प्रणालीलाई बलियो बनाउनुपर्छ । विदेशी लगानीकर्ताहरू १० निकायहरूमा धाउनुपर्ने वातावरण बनाउनु भएन । वनका समस्या, उद्योगका समस्या र अन्य मन्त्रालयगत समस्या रहेकाले विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत आवश्यक प्रावधानअनुसार काम गर्ने विषयमा सरकारले ध्यान दिनुपर्छ,’ पूर्वअध्यक्ष राणाले भनिन्, ‘विदेशी लगानीका लागि एकद्वार प्रणाली धेरै महत्वपूर्ण छ । मन्त्रालयगत समन्वय गर्न जरुरी छ ।’   

उनले सरकारले विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो बनाउनसके मात्रै विदेशी लगानी सहजरूपमा आउनसक्ने दाबी गरिन् । राणाले विदेशी लगानीकर्ता १० वटा निकायमा धाउनुपर्ने वातावरणको अन्त्य गर्न सरकारलाई सुझावसमेत दिइन् । 

‘सरकारले लगानी सम्मेलन गर्नुपर्छ । लगानी सम्मेलनले नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने आभास अन्य देशहरूलाई दिनुपर्छ । विगतमा पनि भइरहेका हो । तर, सरकारले लगानी सम्मेलन अघि केही नीतिगत समस्याहरू समाधान गर्नुपर्छ,’ पूर्वअध्यक्ष राणाले भनिन्, ‘विगतका लगानी सम्मेलन पनि हेरिरहेका छौँ । विगतमा कति लगानी आए, के त्रुटीहरू रहेछन्, त्यसको समीक्षा गर्न आवश्यक छ ।’  



‘जुनसुकै सरकार आउँदा पनि यस्तो खालको नीतिमा काम गर्नसक्यो भने अन्तर्राष्ट्रिय देशहरूबाट लगानी आउन सक्छ । किनभने विदेशी लगानीकर्ताले मुलुकको राजनीतिक अवस्थाका बारेमा सोध्ने गर्छन् । विदेशी लगानी आउनको लागि राजनीतिक स्थायित्व पनि आवश्यक छ ।’  

पूर्वअध्यक्ष राणाले वन, उद्योगका समस्या र अन्य मन्त्रालयगत समस्या झन्झटबाट मुक्त हुनेगरी विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत भित्र्याउन विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले विदेशी लगानीका लागि एकद्वार प्रणाली धेरै महत्वपूर्ण भएको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले विदेशी लगानीकर्ता नेपालमा आउँदा लगानी गर्ने वातावरण बनाउन पनि सुझाव दिइन् । 



‘नेपालका उद्योग व्यवसाय गरिरहेको निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । त्यसलाई कसरी उकास्न सकिन्छ भन्ने कुरा सरकारले सोच्नुपर्छ । किन भने सरकारले जबसम्म स्वदेशी उद्योगहरूलाई सपोर्ट गरेर संरक्षण गर्न सक्दैनौँ तबसम्म विदेशी लगानी सेकेण्डरी कुरा हो,’ पूर्वअध्यक्ष राणाले भनिन्, ‘मुलुकभित्र भएका उद्योग व्यवसायलाई संरक्षण गरी रोजगारी सिर्जना गरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

उनले लगानीको लागि धेरै सम्भावना नेपालमा भएपनि विदेशी लगानीकर्ता नेपालमा नआएर अन्य देशमा गइरहेको भन्दै विदेशी लगानीकर्तालाई आकर्षण गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले विदेशी लगानीको वातावरण बनाउनको लागि मुलुकमा स्थिर सरकार र नीति आवश्यकता रहेको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले विदेशी लगानी आउनको लागि राजनीतिक स्थायित्व पनि आवश्यक रहेको बताइन् ।  

‘विदेशी लगानीकर्ता नेपालमा आउँदा लगानी गर्ने वातावरण बनाउन आवश्यक छ । लगानीको लागि धेरै सम्भावना नेपालमा भएपनि विदेशी लगानीकर्ताहरू नेपालमा नआएर अन्य देशमा गइरहेका छन् । छिमेकी देश भारतले कति धेरै विदेशी लगानी ल्याइरहेको छ । विदेशी लगानीकर्तालाई के गर्दा स्थिर बनाउन सक्छौँ भन्ने कुरामा सरकारले ध्यान दिनुपर्छ । त्यसको लागि स्थिर सरकारको आवश्यकता छ । जुन सरकार स्थिर भएर नीति पनि स्थिर होस्,’ पूर्वअध्यक्ष राणाले भनिन्, ‘जुनसुकै सरकार आउँदा पनि यस्तो खालको नीतिमा काम गर्नसक्यो भने अन्तर्राष्ट्रिय देशहरूबाट लगानी आउन सक्छ । किनभने विदेशी लगानीकर्ताले मुलुकको राजनीतिक अवस्थाका बारेमा सोध्ने गर्छन् । विदेशी लगानी आउनको लागि राजनीतिक स्थायित्व पनि आवश्यक छ । यस्तो भएका स्वदेशी लगानीकर्तामा उत्साह र विदेशी लगानी आउन सक्छ ।’  

‘जुन स्वदेशी र विदेशी लगानीकर्ताको लागि अप्ठ्यारा नीतिहरू संशोधन तथा परिमार्जन गरी समय सापेक्ष लगानी सम्मेलन अघि बनाउनुपर्छ । लगानीकर्ताले तयारी भएका आयोजनाहरू खोज्छन् । सरकारले भएका राम्रा नीतिहरूलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।’  


 
उनले लगानी सम्मेलनले नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने आभास विदेशी लगानीकर्तालाई दिन आवश्यक रहेको उल्लेख गरिन् । राणाले लगानी सम्मेलन सफल बनाउन सरकारले लगानी सम्मेलन अघि केही नीतिगत समस्या समाधान गर्न आवश्यक रहेको बताइन् । उनले नेपालका उद्योग व्यवसाय र गिरिरहेको निजी क्षेत्रको मनोबल उच्च बनाउने कुरामा प्रमुख प्राथमिकता दिन सुझाव दिइन् ।   

‘उद्योग व्यवसाय तथा लगानीको लागि आवश्यक नीतिहरू संशोधन गर्नुपर्छ । पछिल्लो समय ऊर्जा क्षेत्रले केही फड्को मारेको छ । दुई चार वर्षमा धेरै विद्युत् उत्पादन गरिसकेको छौँ । केही वर्षमा जलविद्युतमा नेपाल उत्पादन गरी आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुग्छ । तर, अहिले लगानी गरेका भारतलगायत अन्य देशका ठूला लगानीकर्ताहरू छन् । उनीहरूको भनाइ नेपालको नीतिगत समस्याले गाह्रो भएका कुराहरू छन् । त्यसकारण जलविद्युत् क्षेत्रमा अप्ठ्यारा नीतिहरू छन्,’ पूर्वअध्यक्ष राणाले भनिन्, ‘जुन स्वदेशी र विदेशी लगानीकर्ताको लागि अप्ठ्यारा नीतिहरू संशोधन तथा परिमार्जन गरी समय सापेक्ष लगानी सम्मेलन अघि बनाउनुपर्छ । लगानीकर्ताले तयारी भएका आयोजनाहरू खोज्छन् । सरकारले भएका राम्रा नीतिहरूलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।’

उनले पछिल्लो समय ऊर्जा क्षेत्रले केही फड्को मारेको भन्दै केही वर्षमा जलविद्युतमा आत्मनिर्भर भइ निर्यात गर्ने अवस्थामा पुग्ने बताइन् । राणाले स्वदेशी र विदेशी लगानीकर्ताको लागि अप्ठ्यारा नीति संशोधन तथा परिमार्जन गरी समय सापेक्ष लगानी सम्मेलन अघि बनाउनुपर्नेमा जोड दिए ।         

  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार ११:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया