नेप्सेमा दोहोरो अंकको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० को विन्दुमा कायम भएको हो ।

विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीनबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बिमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दूई दशमलव ११ र जलविद्युत् समूह एक दशमलव ५८ प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ३५ प्रतिशतले घटेको छ ।
     
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता सेयर किनबेच भएको छ ।





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १५:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया