मिलन चाम्सको फिल्ममा बधुको भूमिकामा आँचल

रोमानियामा ५० प्रतिशत छायांकन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी ५० प्रतिशत छायांकनको काम नेपालमा पूरा गरिनेछ ।

रोमान्टिक कमेडी कथामा तयार भइरहेको फिल्मको बाँकी काम चैतको तेस्रो साताबाट सुरु हुनेछ । फिल्ममा नवनायक विवेक कर्माचार्यले ‘वर’ र अभिनेत्री आँचल शर्माले ‘बधु’को भूमिका निभाउँदै छिन् ।

अभिनेता विवेकले दोस्रो सेड्यूलका लागि आफ्नो शरीर सुगठित बनाएका छन् । निर्देशक चाम्सले कथाको माग अनुसार नै विवेकले शरीर बनाएको बताए । उनले फिल्मले विवाहको सांस्कृतिक कथालाई देखाउने बताए ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुदीप बरालको छायांकन छ ।
 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १५:३८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया