अब मधेश सरकारकाे नेतृत्व एमालेले गर्छ : महासचिव पोखरेल

मधेश प्रदेश सरकारको नेतृत्वमा नेकपा एमालेले दाबी गरेकाे छ । बुधबार नेकपा एमाले बाराको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका हुन् । 

मधेसमा अन्य दलले नेतृत्व लिएर काम गरिसकेको बताउँदै उनले अब मधेसको नेतृत्व एमालेले लिन चाहेको बताए । मधेस सरकारको नेतृत्व लिएर एमालेले विकास कसरी गर्नुपर्छ भनेर देखाउने उनले बताए । 

विकास नगर्नेहरू मधेसका समर्थक र विकास गर्ने पार्टी मधेस विरोधी हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘तराई मधेसको विकासका लागि नेतृत्व गर्ने पार्टी हो नेकपा एमाले, त्यो पार्टीलाई क्षेत्रीय पार्टीहरू मधेस विरोधी भन्ने गर्दछन् ।’

विगतमा एमालेलाई तराई मधेसमा छिर्न नदिने भनेर जनताका सपना र विकासलाई रोक्ने काम भएको भन्दै उनले एमाले बेलैमा सरकारमा गएको भए मधेस अहिले निक्कै अगाडि बढिसकेको हुने जिकिर गरे । 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १९:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया