बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले देउवासँग के गरे छलफल ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, संघीय संसद्लाई सहजरूपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन् ।  


‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टिआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि प्रधानमन्त्री दाहाल र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ । 

दाहाल गृहमन्त्रीको बचाउमा छन् ।
 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार ११:२४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया