दिल्लीमा आरजु राणाको शल्यक्रिया, केही समय अस्पतालमै रहने

उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेकी कांग्रेस नेतृ एवम् सांसद डा. आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शल्यक्रिया गरिएको छ । डा.राणाका स्वकीय सचिव कमल रावलका अनुसार चिकित्सकहरूको सल्लाह अनुसार नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शल्यक्रिया भएको हो ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार डा.राणा दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाह अनुसार नयाँ दिल्लीमा फलोअप उपचार गराउँदै आएकी हुन् । उनी चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराइ भारत गएकी थिइन ।

‘हाल माननीय डा.आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्श अनुसार अझै केसी समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । 

डा.राणालाई अत्यधिक मासिक रक्तश्रावको समस्या भएपछि एक वर्षअघि मेदान्त अस्पतालमा स्वास्थ्य जाँच र शल्यक्रिया म्याक्समा गरिएको थियो । म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो ।

चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा. हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो ।  





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १३:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया