कांग्रेसका आठ लाख कार्यकर्तामा खुसी ल्याए मात्रै उनीहरुमार्फत आमजनतामा खुसी बाँड्न सकिन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट संवाद यात्रा सुरु गरेका छन् । पश्चिम नवलपरासीबाट सुरु भएको दोस्रो चरणको संवाद यात्रामा उनले नेपाली कांग्रेसका सबै कार्यकर्तामा खुसी ल्याउनुपर्ने बताएका छन् ।

नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्य खुसी बनाएमा उनीहरुमार्फत आमजनतामा खुसी बाँड्न सकिने उनकाे भनाइ थियाे । उनले कांग्रेसका आठ लाख क्रियाशील सदस्य खुसी भए भने मात्रै देशका सबै मानिस खुसी हुने बताएका हुन् । 

'यी सबै सदस्य खुशी भए भने देशका सबै मानिसलाई खुशी बनाउँछन्,' उनले भने, 'यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुशीयाली आउँदैन ।' 

आगामी संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एक्लै लड्ने उल्लेख गर्दै उनले पार्टीभित्रको लडाइँको अन्त्य गर्न पनि सबै मिलेर जान आवश्यक रहेको बताए ।

तीन दिनसम्म चल्ने दोस्रो चरणकाे संवादयात्रामा उनले पाँच जिल्लाका कांग्रेस कार्यकर्तासँग संवाद गर्नेछन् ।





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १६:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया