इलाम–२ मा रास्वपाकाे उम्मेदवार मिलन लिम्बू

आसन्न उपनिर्वानचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ बाट मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । 

यसअघि रास्वपाले प्राइमरी इलेक्सनका लागि ६ जनाको नाम सार्वजनिक गरेको थियाे । तीमध्ये लिम्बूलाई सर्वसम्मत उम्मेदवार बनाइएको हो ।

लिम्बूले यसअघि नै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । तर, रास्वपाले उनीसँग संवाद गरेपछि उनी साे पार्टीमा आबद्ध भएका थिए । 

यसअघि नेकपा (माओवादी केन्द्र)निकट रहेका लिम्बू साे दल त्यागेर रास्वपाको उम्मेदवार बनेका हुन् ।





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १८:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया