हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् । 

झापा जिल्ला ०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने उनको दाबी छ । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिन नहुने बताए । उनले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माप्रति इंगित गर्दै उनले झापाबाट गल्तीले जितेर गएकाहरुको भूमिका कामै नलाग्ने रहेको बताए । अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न नेपाली कांग्रेसलाई चेतावनीसमेत दिए । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २१:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया