ठग्स अफ हिन्दुस्तानको लोगो सार्वजनिक, ८ नोभेम्बरमा रिलिज

हिन्दी सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’ को लोगो सार्वजनिक गरिएको छ । फिल्मको लोगो सार्वजनिक गर्दै आमिर खानले ट्विट गरेका छन्– ठग आउँदै छ, ठग्स अफ हिन्दुस्तान ८ नोभेम्बरमा रिलिज हुँदै छ ।’

सामुद्रिक लुटेराको कथा

यस चोपडाको वैवाहिक वर्षगाँठको दिन पारेर २७ सेप्टेम्बरमा यो फिल्मको ट्रेलर सार्वजनिक गरिनेछ । ठग्स अफ हिन्दुस्तानमा आमिर खान र अमिताभ बच्चनकासँगै क्याटरिना कैफ र फातिमा सना शेख पनि देखिँदै छन् ।

फिल्मका लागि सबै स्टार कलाकारलाई तरबार, घोडासवार र भालाले युद्ध गर्न चार महिनासम्म ट्रेनिङ दिइएको थियो ।  यस फिल्मका लागि आमिर खानले दुई महिना र अमिताभ बच्चनले दुई हप्ता ट्रनिङमा बिताएका थिए ।

२ अर्बको भारतीय रुपैयाँको बजेट

यशराज ब्यानरमा बनेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङमा करिब २ अर्ब भारतीय रुपैयाँ खर्च भएको छ । स्रोतका अनुसार चलचित्रका लागि १८औं शताब्दीको भारतको पनि सेट बनाइएको थियो । फिल्ममा जोडिएका विभिन्न व्यक्तिहरुले यो कुराको पुष्टि गरेका छन् । 



फिल्ममा एक्सनका लागि सबैभन्दा बढी खर्च गरिएको थियो । फिल्म इटलीको माल्टा, थाइल्यान्डको बैंकक र भारतका जोधपुर र गोवाको विभिन्न क्षेत्रमा छायांकन गरिएको हो ।
 



  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार ११:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया