हास्य कलाकार श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौं- वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्युरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ ।

शल्यक्रिया डा‍‌. रेशा श्रेष्ठ र डा. वसन्त पन्तले गरेका थिए। कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टिको भागमा शल्यक्रिया गरिएको हो । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टि शल्यक्रिया गर्नुपर्ने हुन्छ । 

उक्त शल्यक्रिया सो अस्पतालमा पहिलोपटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । कलाकार श्रेष्ठको देब्रेपट्टि पनि समस्या देखिन थालेकाले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार १४:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया