एजेन्सी– भारत देहरादुनको बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत एक छात्रामाथि सामूहिक बलात्कार भएकाे छ । बलात्कार गरेको आरोपमा सोही बोर्डिङ स्कुलमा अध्ययन गर्ने चारजना छात्रलाई प्रहरीले पक्राउ गरेको छ ।
उत्तराखण्ड प्रहरीले स्कुलका चार छात्रबाहेक पाँचजना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ । स्कुलका निर्देशक, प्रधानाध्यापक, प्रशासनिक अधिकारी, उनकी पत्नी र होस्टल वार्डेनलाई घटनाप्रति जिम्मेवार नभएको भन्दै पक्राउ गरिएकाे हाे ।
पीडित छात्राले बहिनीसँग आफू एक महिनाको गर्भवती भएको बताएपछि यो घटना बाहिरिएको हो । स्कुल प्रशासनका एक अधिकारीले १४ अगस्टमा ती छात्रामाथि बलात्कार भएको बताएका छन् । याे घटना विद्यालय प्रशासनलाई जानकारी हुँदा पनि प्रहरीलाई जानकारी नगराएको ती अधिकारीले स्वीकार गरेका छन् ।
उत्तराखण्ड बाल अधिकार आयोगका अध्यक्ष उषा नेगी र आयोगका अन्य सदस्यले पीडित छात्रासँग बयान लिएर आइतबार प्रहरीकोमा उजुरी दर्ता गरेका छन् । नेगीका अनुसार विद्यालय प्रशासनले छात्राको गर्भपतन गराउनका लागि केही औषधिसमेत दिएको ती अधिकारीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।