परराष्ट्रमन्त्री ज्ञवाली र अस्ट्रियाली समकक्षी करेनबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अस्ट्रियाका विदेश मामिला तथा संघीयमन्त्री करेन नाइसेलसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका मन्त्री ज्ञवालीले नाइसेललाई उनकै कार्यालयम भेट गरेका हुन् । 

परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिअनुसार भेटमा नेपाल र अस्ट्रियाको सम्बन्धका बारेमा कुराकानी भएको बताइएको छ । दुवै देशका मन्त्रीहरूले सहकार्यका विषयमा छलफल गर्नुका साथै व्यापार, लगानी, पर्यटन, सम्पदा र जनस्तरमा सम्बन्ध विस्तारका बारेमा छलफल भएको बताइएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले अस्ट्रियन समकक्षीसँग नेपाल सरकाराके विकास प्राथमिकताका क्षेत्रहरू बताउँदै आगामी दिनमा दुई देशबीच आर्थिक सम्बन्ध वृद्धि हुनेमा विश्वास गरेको जनाइएको छ । त्यस्तै, नाइसेलले पनि आफ्नो देशको एसियाली देशसँगको विदेश नीतिको प्राथमिकता बताउँदै नेपालको विकासमा निरन्तर सहयोग हुने बताएकी छिन् । 

मन्त्री ज्ञवाली अस्ट्रियाको भियनामा आयोजना हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको ६२औं वार्षिक नियमित सत्रमा सहभागी हुन त्यसतर्फ शनिबार प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भियनामा रहेको नेपाली दूतावासको भवन पनि उद्घाटन गरेका छन् । उनी शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।
 





  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार १५:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया