एकदिवसीय क्रिकेटमा नेपाल चौथो

काठमाडौं –  भारतको लखनउमा सम्पन्न १९ वर्षमुनिको एकदिवसीय क्रिकेट शृंखलामा नेपालले चौथो स्थान हासिल गरेको छ । 

लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानकोे भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो । 

त्यस्तै, प्रतियोगिताको उपाधि भने भारतको बी टोलीले हात पारेको छ । मंगलबारै भएको फाइनल खेलमा भारतको बी टोलीले भारतकै ‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो । 

अफगानिस्तानको जितमा रियाद हसनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बलमा २ छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी, बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २/२ विकेट लिएका थिए । 

यता, नेपालका लागि भने मोहमद आशिफ शेख र लोकेश बामले २५/२५ रन जोडे । अरुण ऐरीले २४, पवन सर्राफले २३, सुनदीप जोराले १८, भीम सार्कीले १६, रीत गौतमले १४, मोहमद सांसद आलमले १२ तथा कमल ऐरीले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । 
 





  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार १८:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया