किबोर्ड बिग्रियो ? माउसबाट टाइप गर्नुहोस

कुनै अत्यावश्यक काम गर्दागर्दै कम्प्युटर वा ल्यापटपको किबोर्ड बिग्रिएमा तपाई प्रीलोडेड ‘अनस्क्रिन किबोर्ड’ प्रयोग गर्न सक्नुहुन्छ । जसलाई माउसको मद्दतबाट चलाउन सक्नुहुन्छ । यसबाहेक कुनै जरुरी आर्टिकल लेख्नु छ भने एक्सटेन्सनको मद्दत लिन सक्नुहुन्छ । जसले तपाईको आवाजलाई टेक्स्टमा परिवर्तन गर्छ । 

अनस्क्रिन किबोर्ड यसरी खोज्नुहोस 

अनस्क्रिन किबोर्ड खोज्न खासै अप्ठ्यारो छैन । कम्प्युटर वा ल्यापटपको ‘स्टार्ट मेन्यू’ मा क्लिक गर्नुहोस, र प्रोग्राममा जानुहोस । यहाँ भर्चुअल किबोर्ड हुन्छ, किबोर्डमा समस्या आउँदा सर्चबारमा गएर अन स्क्रिन किबोर्ड टाइप गर्नुहोस र खोज्नुहोस् । 

यस माउसमा क्लिक गरेर टाइप गर्न सकिन्छ । यसमा सबै बटन हुन्छ जसबाट टाइपिङ्ग गर्न सकिन्छ । 
माउसले काम नगर्दा पनि टाइप गर्न सकिन्छ ? 

यस माउसमा क्लिक गरेर टाइप गर्न सकिन्छ । यसका सबै बटनबाट टाइपिङ्ग गर्न सकिन्छ । अव माउसले काम नगरेको समयमा कसरी टाइप गर्ने ? अन स्क्रिन किबोर्डले यो समस्याको पनि समाधान गर्दिएको छ । 

माउस कर्सर अक्षरमाथि लगेर राख्न सक्नुहुन्छ । जस्तो कि ए टाईप गर्न चाहनुहुन्छ भने माउसको कर्सर ए मा लगेर केही समय राख्नु पर्छ । यसपछि विना क्लिक पनि यो आफंै टाइप हुन्छ । यसका लागि अनस्क्रिन किबोर्डमा सेटिङ परिवर्तन गर्नु पर्छ । 



सेटिङका लागि अप्सन्समा क्लिक गर्नुहोस्

अनस्क्रिन किबोर्डमा तलपट्टि दायाँ तिर गएर अप्सन्समा क्लिक गर्नुहोस । विन्डो स्क्रिन खुलेपछि आवर ओभर किज मार्फत समय लिन सकिन्छ, यसमा माउसलाई जुन जुन अक्षरमा राखिन्छ, त्यो आफै टाइप हुन्छ । यसलाई धेरै वा थोरै बनाएर ‘ओक’े क्लिक गर्नु पर्छ । यसरी माउसको सेटिङ परिवर्तन गर्न सकिन्छ । 



भ्वाइस टाइप गर्नुहोस 

अनस्क्रिन किबोर्डको पनि सीमा हुन्छ, यसले तिव्ररुपमा टाइप गर्न सक्दैन । यसकारण छिटो टाइप गर्नका लागि क्रोम एक्सटेंशन VoiceNote II-Speech to text को मद्दत लिन सकिन्छ । यस एक्सटेंशनले बोलेको कुरालाई टेक्स्टमा परिवर्तन गर्छ । यस क्रोम वेबस्टोरले ब्राउजरमा राख्दछ । यसको प्रयोग गर्नका लागि क्रोम ब्राउजर खोल्नुपर्दछ । यसपछि वायाँ छेउमा एपमा क्लिक गर्न सकिन्छ । यसबाट भ्वाइस नोट खुल्छ र यसको प्रयोग गर्न सकिन्छ । 

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार १०:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया