भयावह बन्दै छ बलात्कार !

नेपालमा मात्रै होइन पश्चिमी देशमा पनि महिला हिंसा डरलाग्दो रूपमा हुने गरेको तथ्यांकले बताउँछ । सन् २०१५ को युरोपियन युनियनको तथ्यांकअनुसार युरोपमा २ लाख १५ हजार वटा यौन अपराधका घटना प्रहरीसमक्ष दर्ता भएका थिए । विश्वभर हुने बलात्कारको ३० प्रतिशत घटना युरोपमै हुन्छ ।

एम्नेस्टी इन्टरनेसनलले अप्रिल २०१८ मा प्रकाशन गरेको समाचारमा युरोपका ९ देशका महिलालाई मात्रै अनुमतिवेगर हुने यौन सम्बन्ध बलात्कार हो भन्ने कुरा थाहा छ ।

बेलायतको पत्रिका द इन्डिपेन्डेन्टले २३ फेब्रुअरी २०१८ मा प्रकाशन गरेको समाचारमा लन्डनमा बलात्कारका घटनामा २० प्रतिशतले वृद्धि भएको बताइएको छ । समाचारअनुसार ८१ लाखभन्दा धेरै जनसंख्या रहेको लन्डनका मेयरको अधीनस्थ रहने प्रहरी र अपराध नियन्त्रण कार्यालयमा सन् २०१७ मा ७ हजार ६ सय १३ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए । प्रजातन्त्रको जननी मानिने देशको राजधानीमै वार्षिक साढे ७ हजार बलात्कार हुन्छन् ।

‘इन्डिपेन्डेन्ट’ पत्रिकाका अनुसार इंग्ल्यान्ड र वेल्समा २०१७ मार्चअघिका १२ महिनामा ५ लाख १० हजार महिला र १ लाख ३८ हजार पुरुषमाथि गम्भीर यौन दुराचार भएको थियो ।

इंग्ल्यान्ड र वेल्समा यौन हिंसामा परेका ८३ प्रतिशत मानिसले विभिन्न डरका कारण प्रहरीमा निवेदन नै दिँदैनन् । प्रहरीमा उजुरी दिएपछि अदालतमा लामो समय बिताउनुपर्ने डरका कारण धेरै जना अझै पनि हिंसा सहेर बसेका छन् ।

बेलायतमा हरेक वर्ष ८५ हजार महिला र १२ हजार पुरुष यौन हिंसाको सिकार बन्छन् । बालबालिकाबाहेक दैनिक ११ जना वयस्क यौन हिंसाबाट पीडित छन् । 



युरोपियन युनियनको तथ्यांक कार्यालय युरोस्टाटले २४ नोभेम्बर २०१७ मा प्रकाशित गरेको तथ्यांकमा इंल्यान्ड र वेल्समा हुने बलात्कारको संख्या युरोपियन युनियनमा रहेका अन्य देशको तुलनामा अत्यधिक छ । प्रति एक लाख मानिसको हिसाब गर्ने हो भने इंल्यान्ड र वेल्समा दैनिक औसत ६२ वटा बलात्कार हुने गर्छ ।

युनियनकै तथ्यांकअनुसार सन् २०१५ मा साढे पाँच करोड जनसंख्या भएको इंल्यान्ड र ३० लाख जनसंख्या भएको वेल्समा ३५ हजार ७ सय बलात्कारका उजुरी प्रहरीमा दर्ता भएका थिए ।



त्यस्तै, साढे ६ करोड जनसंख्या भएको फ्रान्समा सन् २०१५ मा १२ हजार ९ सय बलात्कारका घटना भएको भेटिएको छ । सन् २०१५ मै जर्मनीमा ७ हजारभन्दा बढी बलात्कार भएको तथ्यांकले देखाउँछ ।

९९ लाख जनसंख्या भएको स्विडेनमा ५ हजार ५ सय बलात्कारका घटना भएका थिए । स्विडेनमा सन् २०१८ मा गठित मन्त्रिमण्डलमा १२ महिला मन्त्री र प्रधानमन्त्रीसहित ११ त्यहाँ छन् । गएको ४० वर्षमा स्विडेनमा हिंसात्मक अपराधमा ३ सय प्रतिशतले वृद्धि भएको छ । स्विडेनमा पनि बलात्कारको घटनाबाट पीडित ११ प्रतिशत मात्रै प्रहरीकहाँ पुग्ने गर्छन् ।
 

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार १३:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया