यस्तो छ उपत्यकामा सञ्चालन हुने सवारीको रुट र रुट नम्बर

राजधानीमा यात्रा गर्दा धेरै मान्छे झुकिन्छन् । अनगिन्ती सडक अनि हजारौँ गाडीको भिडमा आफूले पुग्नुपर्ने स्थानको गाडी भेटाउन सक्दैनन् । कतिपयलाई त आफ्नो गन्तव्यसम्म पुग्ने गाडी कताबाट पाइन्छ भन्ने थाहासम्म हुँदैन । झुक्किएर अर्कै गन्तव्यको गाडी चढ्छन् र बीच बाटोमै ओर्लिन बाध्य हुन्छन् ।

अहिले उपत्यकामा ठूला सवारीसाधन पनि आएका छन् । ठूला गाडीमा ठूलो र प्रस्ट अक्षरमै गाडीको रुट लेखिएको हुन्छ । तर, ठूला गाडीको संख्या धेरै छैन । साना गाडी विशेषगरी माइक्रो, मिनिबसजस्ता सवारीसाधनको रुटमा धेरै मानिस झुक्किने गर्छन् । अझ कतिपय सहचालक त पैसा असुल्नकै लागि फरक रुटका यात्रु चढाउन पनि पछि पर्दैनन् । 

तर, काठमाडौंका गन्जागोल सडकमा यात्रा गर्न त्यति अप्ठ्यारो भने छैन । आफू जाने गन्तव्यको गाडी पत्ता लगाउन पनि सजिलो छ । यात्रुले थोरै मात्रै सावधानी अपनाउने हो भने उपत्यकामा यात्रा गर्दा झुक्किने सम्भावना कम हुन्छ ।

उपत्यकामा सञ्चालन हुने धेरैजसो सवारीसाधन पुरानो बसपार्क (रत्नपार्क) केन्द्रित भएर सञ्चालन हुने गर्छन् । प्रत्येक गाडीमा रुट नम्बर लेखिएको हुन्छ । यात्रा गर्दा यात्रुले आफू जाने गन्तव्यको रुट नम्बर कति हो भनेर जानकारी राखेमा मात्रै यात्रा गर्दा झुक्किने सम्भावना कम हुन्छ । यसका लागि सरकारले उपत्यकाका प्रत्येक रुटलाई नम्बर दिएको छ । 

उदाहरणका लागि, तपार्इंलाई पाटनढोकाबाट नक्साल पुग्नुपर्नेछ भने यसका लागि तपाईंले २६ लेखिएको गाडी चढ्नुपर्छ । यसबाहेक रत्नपार्कआसपासका बस स्टेसनमा पनि सवारी रुट र रुट नम्बर लेखिएको हुन्छ ।

हेर्नुहोस् उपत्यकामा सञ्चालन हुने सवारीको रुट र रुट नम्बर :



रुट नम्बर १ : पुरानो बसपार्क, सिंहदरबार, नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, गोपिकृष्ण, सुकेधारा, नारायणगोपाल चोक, सामाखुसी, नयाँ बसपार्क ।
रुट नम्बर २ : पुरानो बसपार्क, सिंहदरबार, नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, मैतीदेवी, पुतलीसडक, घण्टाघर ।  
रुट नम्बर ४ : पुरानो बसपार्क, सिंहदरबार, नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, गोकर्ण र साँखुसम्म, मैतीदेवी, पुतलीसडक, घण्टाघर ।    
रुट नम्बर ५ : पुरानो बसपार्क, सहिद गेट, वीर अस्पताल, जमल, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक, हात्तीगौँडा, बुढानीलकण्ठसम्म ।
रुट नम्बर ७ : पुरानो बसपार्क, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर र भक्तपुरसम्म ।
रुट नम्बर ९ : पुरानो बसपार्क, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर र भक्तपुरसम्म ।
रुट नम्बर १० : पुरानो बसपार्क, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, ठिमी र दधिकोटसम्म ।  
रुट नम्बर ११ :  पुरानो बसपार्क, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, बनेपा र पनौतीसम्म ।
रुट नम्बर १२ : पुरानो बसपार्क, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, बनेपा र धुलिखेलसम्म ।   
रुट नम्बर १४ : पुरानो बसपार्क, सिंहदरबार, माइतीघर, कुपन्डोल, जावलाखेल, लगनखेल, गोदावरी, धापाखेल, चापागाउँ, ढुंगेन, लेले र टीकाभैरवसम्म ।
रुट नम्बर १९ : पुरानो बसपार्क, सहिद गेट, त्रिपुरेश्वर, कलंकी, स्वंयम्भू र नयाँ बसपार्कसम्म ।  
रुट नम्बर २० : पुरानो बसपार्क, सहिद गेट, त्रिपुरेश्वर, कलंकी र थानकोट चेकपोस्टसम्म ।  
रुट नम्बर २१ : कालिमाटी, स्वयम्भू, नयाँ बसपार्कसम्म । 

रुट नम्बर २२ :  पुरानो बसपार्क, सहिद गेट, त्रिपुरेश्वर, कालिमाटी, बल्खु, चोभार र दक्षिणकालीसम्म ।
रुट नम्बर २३ : पुरानो बसपार्क, सहिद गेट, वीर अस्पताल, जमल, केशरमहल, लैनचौर, नयाँ बसपार्क, बोहोराटार र मुड्खुसम्म । 
रुट नम्बर २६ : पुरानो बसपार्क, सहिद गेट, वीर अस्पताल, जमल, केशरमहल, लैनचौर, नक्साल, जय नेपाल, घन्टाघर, सिंहदरबार, माइतीघर, कुपन्डोल र पाटनढोकासम्म ।
रुट नम्बर २७ : पुरानो बसपार्क, सहिद गेट, वीर अस्पताल, जमल, दरबारमार्ग, जयनेपाल, विशालनगर, चप्पल कारखानासम्म ।
नेपाल यातायात : बालकुमारी, कोटेश्वर, नयाँ बानेश्वर, थापागाउँ, हनुमान स्थान, पुतलीसडक, नक्साल, बालुवाटार, महाराजगन्ज, चक्रपथ र गोपिकृष्ण हलसम्म ।  



 

 
 

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार १५:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया