आफ्नो ट्रोल बन्दा रिसाउँछिन् अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्मा र अभिनेता वरुण धवनको फिल्म सुई धागाको ट्रेलर जब रिलिज भयो, तब फिल्ममा अनुष्काको लुक्सलाई लिएर इन्टरनेटमा मिम बनाइयो ।
 
सामाजिक सञ्जालमा अनुष्का अक्सर मिम्स र ट्रोलको सिकार भइरहेकी हुन्छिन् । तर, उनलाई मिम्ससँग कुनै आपत्ति छैन । भन्छिन्, ‘तर, ट्रोल गलत हो ।’
 
‘मेरो मिम्स देखेर मलाई रिस उठ्दैन, झन् रमाइलो लाग्छ । कतिपय मिम्स मैले इन्टरनेटबाट आफँैले साथीहरूलाई पठाएकी पनि छु ।’ एक अन्तर्वार्तामा अनुष्काले भनिन्, ‘कहिलेकाहीँ म वरुणलाई पठाएर भन्छु– यो नयाँवाला देख्यौ ?’

यो सबै दख्दा मलाई आफ्नो फिल्मको ट्रेलर चलेको जस्तो लाग्छ । मानिसहरूले मन पराएको जस्तो लाग्छ । मानिसहरूले समय निकालेर मेरो लगि काम गरिरहेका छन् । यो मेरो लागि खुसीको कुरा हो । आफूमाथि बनिरहेको मिम्सको सवालमा उनलाई खुसी छ, तर ट्रोलदेखि भने अनुष्का हैरान छिन् । 
अनुष्का भन्छिन्, ‘हामी समाजमा चेतना फैलाउन धेरै केही गरिरहेका हुन्छौँ, तर पनि कतिपय मानिस हामीलाई नै सोध्छन् कि तपार्इंहरू समाजका लागि के गरिरहनुभएको छ ?’

यही कुरालाई लिएर पनि कतिपटक ट्रोल पनि बनाइएको छ । जब हामी समाजका लागि केही गरिरहेका छौँ, भन्छौँ मानिसहरू समाजका लागि किन केही गरिरहेका छैनौ ? भनेर ट्रोल बनाउँछन् । यो नराम्रो कुरा हो ।

‘म आफ्नो फिल्मको माध्यमबाट जागरुकता ल्याउने प्रयास गर्छु । जनावरका लागि पनि केही गर्छु । तर, त्यसका लागि पनि गाली खाइरहेको हुन्छु ।’ अनुष्का थप्छिन्, ‘म हरपल केही न केही गरिरहूँ भन्ने सोचिरहन्छु । केही गरिरहन्छु, तर मानिस त्यसमा पनि केही न केही नराम्रो भनिदिन्छन् ।’ 

फिल्म ‘सुई धागा–मेड इन इन्डियन’मा अनुष्का एक साधारण र घरेलु महिलाको भूमिकामा छिन् । उनी भन्छिन्, ‘म यो फिल्ममा साधारण गाउँले महिलाको भूमिकामा थिएँ; देख्नमा सीधा, तर त्यो पात्र निकै आत्मविश्वासी र मिहिनेती ।’ 

‘मानिसलाई यो लाग्छ कि ऊ केही काम गरिरहेकी छैन । घरबाट बाहिर निस्किएर पैसा कमाएकी छैन । मानिसको धारणमा पैसा कमाउने महिला मात्रै कामकाजी हुन् । तर, यो सोच्नु गलत हो । र यसै विषयलाई लिएर नराम्रो ट्रोल बनाउनु पनि गलत हो ।’ उनले भनेकी छिन् ।




 



  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार १७:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया