बेस्ट सेल्फी खिच्न यी ७ तरिका प्रयोग गर्नुहोस

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गईरहेको छ । बच्चा देखि वृद्धसम्म सबै सेल्फी खिच्न मन पराउँछन् । विश्वभर एक दिनमा ९३ मिलियन जनसंख्या सेल्फी लिन्छन् । सेल्फी लभर्सहरु जुनसुकै ठाउँमा पनि सेल्फी खिचिरहेका हुन्छन् र उनीहरु उत्कृष्ट सेल्फी तस्विर लिन प्रयास गरिरहेका हुन्छन् । 

यहाँ केही टिप्सहरु छन्, जसले तपाईलाई उत्कृष्ट सेल्फी खिच्न सहयोग गर्छन् । 

१. क्यामरा तर्फ नहेर्ने : सुन्दा अचम्म लाग्न सक्छ तर सेल्फी एक्पर्टहरु भन्छन् क्लासिक क्यान्डिट फोटो लिनका लागि क्यामरा तर्फ हेर्नुहुँदैन । सबैभन्दा धेरै झन्झट यहीं हुन्छ । तपाई सिधै क्यामेरा तर्फ हेर्नुहुन्छ भने फोटो पोज त्यति राम्रो हुँदैन । यसमा अनुहारको एक्सप्रेसन राम्रो देखिँदैन । 

२. माथिबाट सेल्फी नखिच्ने : धेरै मानिसहरु माथिबाट सेल्फि लिने गर्छन् । हात टाढा लगेर फोटो लिँदा त्यति राम्रो लाग्दैन । त्यसैले सेल्फी खिच्दा क्यामराको लेभललाई सन्तुलित बनाउनुपर्छ । 

३. बीचमा नबस्ने : सेल्फी लिँदा आफु कहिले पनि बीचमा नबस्नुहोस् । फोटो फ्रेममा आफुलाई थोरै दायाँ बाँया राख्नु पर्छ । 

४.सेल्फी स्टिक नदेखाउने : सेल्फी लिँदा फोटोमा सेल्फी स्टिक आएको राम्रो देखिँदैन । त्यसैले सेल्फी स्टिक नआउने गरी सेल्फी खिच्नुपर्छ । 



५. क्यामरा बटनबाट बच्ने : सेल्फी लिईरहेको समयमा तपाईले स्क्रीनमा भएको क्यामरा बटनलाई थिच्न निकै मुश्किल हुन्छ । यसमा विशेषत फोटो हल्लिने डर हुन्छ, यसमा तपाईले सेल्फी टाइमरलाई प्रयोग गर्न सक्नुहुन्छ । 

६. जुम : सेल्फी खिच्ने समयमा मोबाइलमा भएको डिजिटल जुमबाट बच्नुपर्छ । यस जुमले फोटो क्वालिटी घटाउँछ । 



७. व्युटि फिल्टर नराख्ने : सेल्फीमा ब्युटी फिल्टरको प्रयोग गर्नुहुँदैन । यसले फोटो विगार्छ । यस भन्दा उपयुक्त सेल्फीमा भएको लाइटको प्रयोग गर्नुपर्छ । 

  • प्रकाशित मिति : असोज ४, २०७५ बिहीबार ११:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया