धेरै मोबाइल चलाउँदा शरिरमा यस्तो परिवर्तन आउन सक्छ

धेरै लामो समयसम्म मोबाइल चलाउँदा मोबाइलको रेडियसनले मानिसलाई ठुलो रोग समेत लाग्न सक्ने धेरै अनुसन्धानले पत्ता लगाईसकेका छन् । तर आइसीएमआरको नयाँ अनुसन्धानले तपाईलाई अचम्मित बनाउन सक्छ । अनुसन्धानको पहिलो चरणमा मोबाइन फोन धेरै प्रयोग गर्दा मानिसको शरिरभित्र जैविक परिवर्तन आउन सक्ने पत्ता लागेको छ । 

यो अनुसन्धान अझै पुरा भएको छैन । तर यो अनुसन्धानको सुरुवातमै मानव शरिरको विभिन्न भित्री तत्वहरुमा परिवर्तन आउने देखिएको छ । 

एम्स र आईसीएमआरले संयुक्त रुपमा दिल्ली एनसीआरमा भईरहेको एउटा अध्ययनले यो तथ्य पत्ता लगाएको हो । २०१३ मा शुरु भएको अनुसन्धान २०१८ मा सकिने थियो । तर यो अध्ययन पुरा हुन अझै ३ वर्ष लाग्ने अनुसन्धानकर्ताहरु बताउँछन् । यो अनुसन्धानका लागि ४ हजार ५ सय मानिसहरु छनोट गरिएको छ । 

यो अनुसन्धानको सुरुमा मोबाइल धेरै चलाउँदा मानिसमा बायोलोजिकल परिवर्तन हुन सक्ने पत्ता लागेको हो । एम्सका एक डाक्टरले मानिसको सुन्ने र ध्यान दिने क्षमतामा मात्र नभई रगत, हर्मोनमा समेत परिवर्तन आउने अनुसन्धानबाट देखिएको बताएका छन् । 

उनका अनुसार लगातार आधा घण्टा, ३–४ घण्टा मोबाइल प्रयोग गर्ने र त्यो भन्दा बढी समय प्रयोग गर्ने गरी ३ प्रकारका मानिसहरुलाई अनुसन्धानमा सहभागी गराइएको छ । पछिल्ला वर्षमा मोबाइलको प्रयोगले मानिसको प्रजनन क्षमतामा कमी आएको देखिएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७५ शनिबार १७:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया