खानासँग पानी सही कि गलत ?

मानिसहरू भन्छन्– खाना खाँदा पानी खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । खानासँग पानी पिउनाले शरीरमा टक्सिन जम्मा हुन्छ । जसकारण मानिस बिरामी पनि पर्न सकिन्छ । 

के खानासँगै पानी पिउनु स्वास्थ्यका लागि हानिकारक होला त ? 

स्वास्थ्य विज्ञका अनुसार खानासँगै पानी पिउनाले स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन । वास्तवमा सबै खानेकुरा खाँदा पानी पिउनुपर्छ । यसो गर्नाले पाचन प्रक्रियामा सहयोग मिल्छ । विज्ञ भन्छन्– शरीरका लागि पानी निकै महत्त्वपूर्ण छ । शरीरलाई हाइड्रेटेड राख्न सकेसम्म पानी पिउनुपर्छ । 

डाक्टरका अनुसार कुनै पनि खानेकुरा खाँदा पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले बिल्कुल सुरक्षित छ । तर, सबै खानेकुरा खाइसकेपछि तुरुन्तै पानी पिउनबाट बच्नुपर्छ । शरीरमा भएको इन्जाइम ग्यास्टिक जुस, प्यांक्रियाज र अन्य केमिकलले खाना पचाउन सहयोग गर्छ । तर, खानापछि तुरुन्तै पानी पिउँदा यो सबै इन्जाइम पानीसँग मिलेर पाचन प्रक्रियामा बाधा पुर्याउँछ । साथै, शरीरमा भएको पोषण तत्वलाई पनि सही ढंगले काम गर्न दिँदैन ।

आयुर्वेद विज्ञका अनुसार खाना खाँदा सँगै पानी पिउनु स्वास्थ्यका लागि असरदार हुँदैन । तर, सबै खानेकुरा खानुअघि वा खाइसकेपछि तुरुन्तै पानी पिउनुहुँदैन । किनकि यसले शरीरको पाचन प्रक्रियामा असर गर्छ । 

खानासँगै पानी पिउनाले पेटमा भएको एसिड पनि पानीसँगै मिसिन्छ । र, यसबाट कब्जियतको समस्या दूर हुन्छ । यसबाहेक पेट पनि छिटै भरिन्छ । र, आराम पनि मिल्छ । जुन कुरा स्वाथ्यका लागि राम्रो हो ।



तर, खानासँगै पानी पिउनुको मतलब एकैपटक धेरै पानी पिउनुपर्छ भन्ने चाहिँ होइन । पटक–पटक गरेर एक गिलास पानी बिस्तारै पिउनुपर्छ ।

खाना खाएको करिब आधा घन्टापछि मात्रै पानी पिउनु राम्रो हुन्छ । किनकि हामीले खाएको खाना पचाउन शरीरलाई दुई घन्टा लाग्छ । जब खाना पाचन प्रक्रियामा रहेको हुन्छ, तब शरीरमा तरल र ठोस पदार्थको एक निश्चित अनुपात बनिरहनु आवश्यक हुन्छ । यदि हामीले खाना खाएपछि पानी पियौँ भने यो अनुपात बिग्रिन्छ । 



धेरैजसो डाक्टरहरू खाना खाएको आधा घन्टापछि मात्र पानी पिउन सल्लाह दिन्छन् । ३० मिनेटको अन्तरालमा शरीरमा अलग–अलग पाचन प्रक्रिया सुुरु भइसकेको हुन्छ । त्यसपछि पानीले पाचन प्रक्रियामा कुनै प्रभाव पार्दैन ।


 

  • प्रकाशित मिति : असोज ७, २०७५ आइतबार १८:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया