दिनभर कुर्सीमा बसेर काम गर्नुहुन्छ ? कमजाेर हुँदैछ तपाईंकाे स्मरण शक्ति !

एजेन्सी- के तपाईं दिनभर अफिसमा बस्ने जागिर खानुहुन्छ ? तपाईंकाे काम नै अफिसकाे कुर्सीमा बसेर गर्ने छ भने सावधानी हुन जरुरी छ । लामाे समयसम्म एकै ठाउँमा बसेर काम गर्ने मानिसहरुकाे मस्तिष्कमा रगतकाे सन्चार राम्राेसँग नहुने एउटा अध्ययनले पत्ता लगाएकाे छ । मस्तिष्कमा राम्राेसँग रगतकाे सन्चार नहुनुकाे परिणाम निकै घातक हुनसक्छ ।

कुर्सीमा बसेर काम गर्नेहरुलाई हाेसियार गर्ने याे अध्ययन केही व्यक्तिहरुमाथि गरिएकाे हाे जाे दिनभर अफिसकाे कुर्सीमा बसेर काम गर्छन् । यसरी काम गर्नेहरुकाे मस्तिष्कमा राम्राेसँग रगत सन्चार नभएकाे पाइएकाे छ । तर, प्रत्येक अाधा घन्टामा उठेर दुई मिनेटका लागि टहल्ने व्यक्तिहरुमा चाहिँ यस्ताे समस्या पाइएकाे छैन । मस्तिष्कमा राम्राेसँग रक्त सन्चार हुनु हाम्राे शरीरका लागि अत्यन्त अावश्यक छ ।

मस्तिष्कका काेशिकालाई अक्सिजन तथा पाेषक तत्वकाे अावश्यक हुन्छ । याे सब मस्तिष्कलाई रक्त सन्चारबाट नै मिल्छ । तर, एकै ठाउँमा बसेर काम गरिरहँदा याे सबै प्रक्रियामा समस्या अाउने निष्कर्ष अध्ययनले निकालेकाे छ । याेभन्दा पहिले मानिसबाहेकका अन्य जनावरमा पनि यसबारे अध्ययन गरिएकाे थियाे । त्यसबाट पनि एकै ठाउँमा बस्दा समस्या हुनसक्ने अाधारहरु निस्किएका थिए ।

रगतकाे प्रवाहमा समस्या देखिँदा साेचने तथा सम्झने शक्तिमा कमी अाउने मात्र हाेइन, एकै ठाउँमा बसिरहँदा मस्तिष्कसँग सम्बन्धित अन्य समस्या पनि देखिन सकिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । यस विषयमा पहिले पनि निकै धेरै अध्ययन गरिएका थिए । ती अध्ययनहरुले लामाे समय एकै ठाउँमा बस्दा दिमागमा मात्र नभएर हाम्राे स्पाइनल कर्डमा पनि समस्या देखिने सक्ने निष्कर्ष निकालेका थिए । यसरी एकै ठाउँमा बसिरहँदा हाम्राे खुट्टामा पनि विभिन्न समस्या हुनसक्ने विशेषज्ञहरुले बारम्बार बताउँदै अाएका छन् ।

यसपटककाे याे अध्ययन चाहिँ लिभरपुल जाेन माेरेस विश्विद्यालयमा गरिएकाे हाे । विश्वविद्यालयकाे जर्नल जर्नल अफ एप्लाइड फिजियाेलाेजीमा छापिएकाे रिपाेर्टअनुसार याे अध्ययन १५ व्यक्तिमा गरिएकाे हाे । यी व्यक्तिहरुलाई याे अध्ययनकाे समय केवल बाथरुम जान मात्र दिइएकाे थियाे । शाेधकर्ताले उनीहरुकाे रगत प्रवाहलाई ट्र्याक गरेका थिए । यसकाे परिणाममा ती व्यक्तिहरुकाे मस्तिष्कमा रगत सन्चार कम भएकाे देखाएकाे थियाे । तर, जब उनीहरुलाई २ मिनेट हिँड्न लगाइयाे, उनीहरुकाे मस्तिष्कमा रगत सन्चार बढेकाे थियाे ।

याे अध्ययनलाई नेतृत्व गरेकी साेफी कार्टरले अफिसमा काम गर्ने मानिसहरुलाई कम्तिमा पनि एकएक घन्टामा ब्रेक लिएर २ मिनेटका लागि हिँडडूल गर्न सुझाव दिएकी छिन् ।





  • प्रकाशित मिति : असोज ९, २०७५ मंगलबार १२:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया