नयाँदिल्ली – भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्न सक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
भारतीय वायू सेनाको एसयू–३० लडाकु विमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको छ ।
भारत सरकारको स्वामित्वमा रहेको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने उत्कृष्ट र अभेद्य क्षेप्यास्त्र निर्माण गरेको बताइएको छ ।
नयाँ क्षेप्यास्त्रले फरक–फरक दूरी र २० देखि ८० किलोमिटर उचाइका क्षेत्रमा अचुक निशाना लगाउन सक्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।