डा. केसी पत्रकार सम्मेलन गर्दै

काठमाडौं– असोज १६ बाट पुनः अनशन बस्ने चेतावनी दिएका डा. गोविन्द केसीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै छन् । डा. केसीले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसद्को चालू अधिवेशनबाटै पारित नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले आज २ बजे शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन आयोजना गरेको उनका सहयोगी प्रितम सुवेदीले फरक धारलाई जानकारी दिए । उनका अनुसार डा. केसीले उठाएको मुद्दालाई सरकारले वास्ता नगरेको र अझै पनि जालझेल गर्न खोजेको आरोप लागाएका छन् । 

अबको भावी योजनाका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको सुवेदीले जानकारी दिएका छन् । 

डा. केसीले आमनागरिकको गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा समान पहँुच नपुगेको भन्दै सरकारले आफूसँगको पूर्व सम्झौतालाई छिट्टै संसद्बाट पास गर्न चेतावनी दिँदै आएका छन् । 

सरकारले डा. केसीको मागअनुसार विधेयक निर्माण गरी संसद्मा प्रस्तुत गर्ने लिखित सहमति गरेपछि २७ दिनपछि १५आंै अनशन तोडेका थिए । 

१५आंै अनशनको बेला चिकित्सकहरू सडकमा उत्रिएर विरोध गरेपछि प्रधानमन्त्रीले बाध्य भएर नेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेललाई सहमति गर्न आदेश दिएका थिए । 





  • प्रकाशित मिति : असोज १२, २०७५ शुक्रबार ११:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया