प्रदेश राजधानी र नामकाे विराेधमा अनिश्चितकालीन धनगढी बन्द

धनगढी– पहिले कर्णाली प्रदेश राख्ने चर्चा भए पनि प्रदेश ७ को नाम सुदूरपश्चिम राख्ने र स्थायी राजधानी गोदावरी राख्ने निर्णयविरुद्ध धनगढी बन्द आह्वान गरिएको छ । 

शुक्रबारकाे प्रदेशसभा बैठकले दुई तिहाई बहुमतका आधारमा प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय गरिएको थियो ।

धनगढीका स्थानीयले शनिबारबाट सुरु गरेकोे अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ । जिल्लाबाहिरबाट धनगढी आउने आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइए पनि दिवा सेवाका लामो दूरीका कुनै पनि गाडी चलेका छैनन् । लामो दूरीका गाडी साँझ ५ बजेपछि मात्रै चल्न दिइने बन्दकर्ताले जनाएका छन् । 

बन्द आह्वान गरिए पनि मोटरसाइकल चलाउन भने छुट दिइएको छ । बन्दकर्ताले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरूको मागमा सहमति जनाउँदै रिक्सा, अटो रिक्सा ग्यारेजमै थन्किएका छन् ।

सार्वजनिक विदाका कारण उद्योग कलकारखाना र शिक्षण संस्था बन्द छन् भने बजार पूर्ण रूपमा बन्द छ । बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ–ठाउँमा परिचालन गरिएको छ ।





  • प्रकाशित मिति : असोज १३, २०७५ शनिबार १०:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया