काठमाडाैं– पशुपति क्षेत्रको किरातेश्वर संगीताश्रमको पुनर्निर्माण सुरु भएको छ । आश्रम गौरीघाटस्थित किरातेश्वर महादेवको मन्दिरभित्र छ ।
किरातेश्वरका पुजारीका अनुसार भूकम्पमा आंशिक क्षति भएको मन्दिरलाई भत्काई केही परिमार्जनसहित पुनर्निमाण गर्ने तयारी छ ।
पुनर्निर्माणका लागि पशुपति विकास कोषले तीन लाख रुपैयाँ छुट्याएको संगीत समितिका कोषाध्यक्ष विष्णुबहादुर लामाले बताए । पुनर्निर्माण सम्पन्न गर्न १८ महिनाको समय तोकिएको उनले जानकारी दिए ।
किरात सभ्यताअनुसार शिवजी र पार्वतीले धर्तीमा टेकेको पवित्र ठाउँ हो, किरातेश्वर । नेपालको पहिलो संगीत आश्रम किरातेश्वरमा स्थापनाकालबाट नै संगीत तथा गायन कलाको प्रशिक्षण दिइन्छ । हरेक पूर्णिमाको दिन तथा अन्य धार्मिक एवं सांस्कृतिक पर्वहरूमा यहाँ शास्त्रीय संगीतको प्रस्तुति हुन्छ । साथै, हरेक वर्ष बाल शास्त्रीय संगीत प्रतियोगितासमेत हुने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।