मस्तिष्क स्वस्थ राख्न यी खानेकुराको प्रयोग गर्नुहोस

पौष्टिक तत्वले व्यक्तिलाई स्वस्थ र फुर्तिलो रहन सहयोग पुर्याउँछ, यो सामान्यतया सबैलाई जानकारी भएको विषय हो । सन्तुलित पौष्टिक आहाराले मधुमेह, क्यान्सर, मोटोपन, मुटुरोग, उच्च रक्तचाप जस्ता रोगहरुलाई नियन्त्रण गर्छ । पौष्टिक तत्व शारिरीक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुन्छ । खानेकुरामा विशेष ध्यान पुर्याउने हो भने डिप्रेशन र एन्जाइटी जस्ता मानसिक समस्याबाट समेत मानिस बच्न सक्छ । 

केही विशेष खानापानले व्यक्तिलाई मानसिक समस्याबाट मुक्त गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।  
 

कार्बोहाइड्रेट 

मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि हामीले खाने खानामा कार्बोहाइड्रेटको मात्रा बढाउनु पर्छ । फाइबरयुक्त कार्बोहाइड्रेटको बढी प्रयोग गर्नुपर्छ । आलू, सख्खरखण्ड, चामल जस्ता खानेकुरा खानुपर्छ । कार्बोहाइड्रेटको मात्रा शरीरमा पर्याप्त हुँदा ग्लूकोज निष्काशन हुन्छ, जसले गर्दा मानसिक स्वास्थ्य सन्तुलनमा रहन मद्दत गर्छ । 

चिनी, मिठाई, स्न्याक्स जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुराहरुले क्षणिक सन्तुष्टि दिएपनि दीर्घकालिन रुपमा यसले मानसिक स्वास्थ्यमा असर पुर्याउँछ । यसैले खानामा मिठाई जस्ता गुलिया पदार्थलाई समावेश गर्नुहुँदैन । 

एन्टिअक्सिडेन्ट 



शरीरको रक्तकोषिकामा अक्सिजनको मद्दतले उर्जा सिर्जना गर्ने कार्यलाई अक्सिडेशन भनिन्छ । अक्सिडेशनबाट शरीरको मस्तिष्कलाई उर्जा मिल्छ । यो प्रक्रियाको क्रममा शरीरमा फ्रि रेडिकल्स उत्पन्न हुन्छ, यसले विभिन्न कोषहरुमा असर पुर्याउँछ । विशेषगरी डोपामाइन र सेरोटोनिन नामको हर्मोनको स्रावले खुशीको महसुस गराउँछ तर अक्सिडेशन प्रक्रियाबाट उत्पन्न हुने फ्रि रेडिकल्सले डोपामाइन र सेरोटोनिनको स्रावलाई कम गराउँछ जसले गर्दा हाम्रो मानसिक स्वास्थ्यमा पूर्णरुपमा असर पुग्छ । 

एन्टीअक्सिडेन्टले फ्रि रेडिकल्सलाई कम गराउँछ जसका लागि एन्टीअक्सिडेन्ट प्राप्त हुने खानेकुरा प्रयोग गर्नुपर्छ । 
 



ओमेगा ३ 

ओमेगा ३ एक प्रकारको फ्याटी एसिड हो जसले हामीले खाएको खानेकुरालाई उर्जामा परिणत गर्छ । यसले पनि मस्तिष्कलाई स्वस्थ राख्नका लागि डोपामाइन, सेरोटोनिनले खुशी महसुस गराउने हर्मोनको स्रावमा वृद्धि गर्छन् । 

ओमेगा ३ मुख्यतया माछा, ओखर, काजू, बदाम, पात भएका तरकारी, अण्डा, घाँस खाने जनावारको मासु आदिमा पाइन्छ । ओमेगा ३ ले मस्तिष्कको कार्यप्रणालीमा सुधार ल्याउँछ । डिप्रेशन हुनबाट जोगाउँछ । 

ओमेगाा ३ खाद्यपदार्थबाट मात्र प्राप्त गर्न सम्भव छ । यसकारण हरेक दिन हामीले खाने खानामा ओमेगा ३ युक्त खाद्यपदार्थ हुन जरुरी छ । 
 

भिटामिन बी 

भिटामिन बीले सेराटोनिन र डोपामाइन हर्मोनको स्राव बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन बी हरियो तरकारी, फल लाग्ने तरकारी, अमिला खानेकुरामा पाइन्छ । भिटामिन बीको प्रयोग समेत डिप्रेशन र एन्जाइटीबाट बचाउँछन् । 
 

प्रिबायोटिक फाइबर र प्रोबायोटिक 

मानिसको पेटमा अरबौैको संख्यामा ब्याक्टेरियाहरु हुन्छन् । जसले मानिसको व्यवहार, मानसिक अवस्थामा असर पुग्छ । प्रिबायोटिक फाइबरले शरीरमा ब्याक्टेरियाको संख्या बढाउन मद्दत गर्छ । प्रिबायोटिक फाइबर प्याज, लसुन र अन्य हरियो सागपातमा पाइन्छ । प्रिबायोटिक फाइबरले समेत मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्छ । 

  • प्रकाशित मिति : असोज १९, २०७५ शुक्रबार १४:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया