दशैं तिहार लक्षित सुजुकीको एक्सचेन्ज क्याम्प

काठमाडौं– दशैं तिहारको मौका छोपेर सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटीमा एक्सचेन्ज अफर ल्याइएको छ । नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले जारी गरेको विज्ञप्ति अनुसार यो एक्सचेन्ज अफर २१ असोजबाट २७ असोजसम्म नेपालभरका ३४ सुजुकी शोरुममा उपलब्ध हुनेछ ।

तर, यो अफरमा भिजी अटोमोबाइल्सले सुजुकीकामात्रै होइन, अरु सबै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटी साट्ने प्रबन्ध मिलाएको छ । साथै, उसले सबै बाइक तथा स्कुटरमा बजारमा प्रचलित दरभन्दा १५ हजार बढी मूल्याङ्कन गर्ने जनाएको छ । यसरी साटेर बाइक तथा स्कुटर खरिद गर्न फाइनान्सको सुविधा पनि लिन सक्ने भिजी अटोमोबाइल्सले जनाएको छ ।

‘पुराना बाइक हुँदा लामो यात्रा गर्दा समस्या आउन सक्छ,’ भिजीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले भने, ‘त्यसलाई ख्याल गरेर र दशैंको मौकामा नयाँ बाइक तथा स्कुटी चढ्ने रहर पूरा होस् भनेर यो अफर सुरु गरेका हौँ ।’

यो एक्सचेन्ज अफरसँगै भिजी अटोमोबाइल्सले दशैं तिहारको अवसरमा सुजुकीका बाइक तथा स्कुटर खरिद गर्दा क्रमशः ८ हजार र १० हजार पनि छुट दिने बताएको छ । साथै, उसले १० जनालाई बम्पर उपहारस्वरुप जापान भ्रमणमा पनि लैजाँदै छ । 
 





  • प्रकाशित मिति : असोज १९, २०७५ शुक्रबार २२:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया