जुवातास खेल्ने धमाधम पक्राउ पर्दै

काठमाडौं– दसैँ नजिकिएसँगै प्रहरीले धमाधम जुवातास खेल्नेलाई पक्राउ गरिरहेको छ । शनिबार मात्रै प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेका ३५ जनालाई पक्राउ गरेको थियो । शनिबार ३५ जना पक्राउ गरेको प्रहरीले आइतबार भक्तपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।

शनिबार प्रहरीले जुवातास खेल्ने व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा घरको झ्यालबाट हामफाल्दा २ जनाको मृत्युसमेत भएको थियो । काठमाडौं महाकांल बस्ने ४३ वर्षीय सरोज घले र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका (साबिक सिम्पलकाफले) ३८ वर्षीय सोमलाल तामाङको मृत्यु भएको थियो ।

शनिबारयता मात्रै प्रहरीले जुवातास खेलिरहेको स्थानबाट ५ लाख ५९ हजारभन्दा धेरै रकमसमेत बरामद गरिसकेको छ ।

शनिबार नै प्रहरीले लतिलपुरबाट ११ जना पक्राउ गरेको थियो । प्रहरीले ललितपुरबाट पक्राउ परेका ११ जना व्यक्तिको साथबाट ५१ हजार ६ सय रुपैयाँसमेत बरामद गरेको थियो ।
 
 





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १३:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया