कक्षा ११को नतिजामा लापरबाही भएको भन्दै विद्यार्थी आन्दोलित

पोखरा– राष्ट्रिय परिक्षा बोर्डले शनिबार प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखाराका विद्यार्थी आन्दोलित भएका छन् । जनप्रिय बहुमुखी क्यामसका कक्षा १२का विधार्थीले राष्ट्रिय परिक्षा बोर्डको पार्दीस्थित पोखरा कार्यालयमा नाराबाजी गरेका छन् । 

विशेषगरी रसायानिक विज्ञान (केमेस्ट्री) विषयको नतिजामा ग्रेड न्यून आएको भन्दै विधार्थी आक्रोशित भएका हुन् । कलेजका अन्य परिक्षामा उत्कृष्ट ग्रेड ल्याएका मेधावी विद्यार्थीको अप्रत्याशित नतिजा आएको र त्यो असम्भव रहेको जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति आशिक गुरुङले बताए । 

‘हामीले अत्यन्तै मिहिनेत गरेर परीक्षामा सहभागी भएका थियौँ, र परीक्षा पनि अत्यन्तै राम्रो भएको थियो, तर परीक्षा बोर्डको चरम लापरबाहीले गर्दा हाम्रो नतिजा नराम्रो आएको र हाम्रो भविष्य नै अन्धकार भएको छ,’ जनप्रिय बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत सारा बास्तोलाले बताइन् । 

विद्यार्थीको भविष्य नै धराशायी बनाएर नतिजा जस्तो गम्भीर विषयमा ठूलो लापरबाही गरेको परीक्षा नियन्त्रण कार्यालय र परिक्षा बोर्डले तत्काल उक्त नतिजा पुनर्योग र पुनपरीक्षण गरेर नतिजा छिटोभन्दा छिटो नसच्याएमा विद्यार्थीको हकहितका लागि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी विद्यार्थीले दिएका छन् ।
 
हिजो प्रकाशित नतिजाअनुसार नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् ।

त्यसैगरी, २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७० जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र जिपिएदेखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् । अंक पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । 

कक्षा ११ को परीक्षा गत वैशाख र जेठ महिनमा सञ्चालन गरिएको थियो । अघिल्ला वर्षहरुमा पनि वैशाख र जेठ महिनामा परीक्षा सञ्चालन भए पनि नतिजा भने पुस वा माघमा मात्रा सार्वजनिक हुन्थ्यो ।



बोर्डका अनुसार यसपटक ५ लाख ४८ हजार विद्यार्थीले परीक्षाका लागि आवेदन भरेका थिए भने ४० हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिएनन् ।



  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १७:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया